sanolagani-loader

Details

  • Feb. 23, 2023, 10:58 a.m.
  • Admin
  • 33 Comments

Mutual Fund भनेको के हो ?

sanolagani-Mutual Fund भनेको के हो ?

धेरै मानिसहरू Mutual Fund मा लगानी लगाउन चाहान्छन् तर Mutual Fund के हो ? कतै हाम्रो पैसा डुव्नेत होइन ? लगानी कसरी लगाउने ? भन्ने जस्ता प्रश्नले गर्दा उनिहरू लगानी लगाउन डराउन्छन । कम जोखिम वहन गर्न खोज्ने लगानी कर्ताहरूको लागी Mutual Fund उपयुक्त विकल्प हुन सक्छ ।

Mutual Fund भनेको के हो ?

सामान्य भाषामा भन्दा Mutual Fund भनेको व्यावसायिक रूपमा व्यवस्थित सामूहिक लगानी कोष हो जसले धेरै लगानीकर्ताहरूबाट पैसा जम्मा गर्छ र Stock, Bond, Debenture र Fixed Deposit वा अन्य ठाउँमा लगानी लगाउन्छ । यो कोष प्रबन्धकहरूद्वारा संचालित गरिएको हुन्छ ।  जसले कोषको सम्पत्तिहरू कुन ठाउँमा कति लगानी लगाउने भनेर बाँडफाँड गर्छन् र कोषका लगानीकर्ताहरूको लागि पूँजीगत लाभ वा आय उत्पादन गर्ने प्रयास गर्छन् । बजार र शेयर बजार बुझ्ने विज्ञलाइ त्यो टोलीमा राखिएको हुन्छ । कम्पनी र तिनीहरूको शेयरको विगतको रेकर्ड र भविष्यको सम्भावनालाई ध्यानमा राख्दै टोलीले कोषको रकम न्युन जोखिममा राम्रो प्रतिफल दिने गरी लगानी लगाउछन् ।  ्र

Mutual Fund किन खरिद गर्ने ?

कोष प्रबन्धकहरूले तपाईंको लागि अनुसन्धान गर्छन् । तिनीहरू राम्रो शेयर तथा  Bond हरू चयन गर्छन् र तिनिहरूको निगरानी गरिरहन्छन् । जस्ले गर्दा हजुरले कुनै पनी कम्पनीको विश्लेषण गर्नु पर्दैन । Mutual Funds ले सामान्यतया विभिन्न कम्पनीका शेयर तथा Bond हरूमा लगानी गर्छन् । यदि कुनै एक कम्पनी असफल भए पनी यसले तपाइँको पोटफोलियोमा खासै असर गर्दैन । थोरै मुल्य लगाएर पनी Mutual Fund मा लगानी लगाउन सक्नुहुन्छ । नेपालमा सामान्यतया कम्तिमा एक हजार वाट Mutual Fund मा लगानी लगाउन सकिन्छ । वढी पैसा लगाएर लगानी लगाउनु पर्ने ठाउँमा Mutual Fund को माध्यम वाट अप्रत्यक्ष रूपमा कम मुल्यमा लगानी लगाउन सकिन्छ ।

Mutual Fund के जोखिम रहित हुन्छ ?

Mutual Fund ले विशेष गरि लगानी लगाउने भनेको शेयर र Bond हरू मा नै हो, जस्ले गर्दा तपाइको लगानी आंशिक वा पूरा डुव्ने डर सधै रहिरहन्छ । लाभांश वा ब्याज भुक्तानी पनि बजार अवस्था हेरिकन फरक पर्न सक्छ । 

Mutual Fund का प्रकार

 

१. Open-Ended Mutual Fund

यस किसिमको Mutual Fund मा पैसा आउने जाने भैरहन्छ जस्ले गर्दा यसको Fixed Amount भने हुदैन । न यसको परिपक्क अवधी हन्छ । जसले गर्दा कोष प्रबन्धकहरूले कहिलेपनी हजुरको रकम फिर्ता गर्दैनन् त्यसको लागी हजुरले Mutual Fund को Unit वेच्नु पर्ने हुन्छ । Open-Ended Mutual Fund जुन कम्पनीले जारि गर्दछ उसैले नै खरिद तथा विक्री गर्ने गर्दछ ।  यसको खरिद विक्री NAV (Net Assets Value) को आधारमा गरिन्छ ।

२. Close-Ended Mutual Fund

यस किसिमको Mutual Fund को परिपक्क अवधि हुने गर्दछ जस्ले गर्दा लगानी कर्ताहरूको पैसा परिपक्क अवधी पुगेपछी मात्र फिर्ता पाउने गर्दछन् । यद्यपि, यसको खरिद विक्री दोस्रो बजारमा भने गर्न सकिन्छ ।

NAV  (Net Assets Value) के हो ?

Mutual Fund को एक यूनिटको मूल्य लाइ NAV (Net Assets Value) भन्छन् । NAV ले नै Mutual Fund को अवस्था वा भनौ कार्य सम्पादनको वारेमा वताउने गर्दछ ।

NAV (Net Assets Value)  = (Assets - Liabilities) / Total number of outstanding shares

Comments

Leave Your Comment