sanolagani-loader

Details

  • Feb. 24, 2023, 8:51 a.m.
  • Admin
  • 33 Comments

SIP लगानी भनेको के हो ?

sanolagani-SIP लगानी भनेको के हो ?

हामीले लागनी लगाउदा दुइ तरिका वाट लगानी लगाउन सकिन्छ कि त हामी एक मुष्ट रकम लामो समयको लागी एकै चोटी लगाउन सकिन्छ वा थोरै थोरै रकम निश्चित समय सम्म लगानी लगाउन सकिन्छ । यहा हामी SIP को वारेमा जान्ने छौ ।

SIP (Systematic Investment Plan) भनेको के हो ?

सामान्य भाषामा SIP (Systematic Investment Plan) भनेको Systematic रूपमा लगानी लगाउदै जानु हो । अर्को भाषामा भन्दा SIP एउटा व्यवस्थित लगानी योजना हो । जसमा थोरै थोरै रकम वाट लगानी लगाउन सकिन्छ । यस योजना अन्तर्गत, तपाईंले साप्ताहिक, मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक अन्तरालहरूमा लगानी गर्न सक्नुहुन्छ। SIP वचत को राम्रो विकल्प हो । जसले वचत को मध्यम वाट लगानी लगाउन सिकाउन्छ ।

SIP ले कसरी काम गर्छ ?

SIP (Systematic Investment Plan) सामान्यतया Open-Ended Mutual Fund हरू द्वारा प्रस्ताव गरिएको हुन्छ जसमा लगानीकर्ताहरूलाई एकैपटक ठूलो रकम जम्मा गर्नुको सट्टा लामो अवधिमा सानो सानो रकम वाट लगानी गर्ने मौका दिन्छ । हजुरले निश्चित रकम  साप्ताहिक, मासिक वा त्रैमासिक रूपमा SIP गर्न सक्नुहुनेछ । जसले गर्दा NAV वढ्दा कम Unit खरिद हुन्छ भने NAV घट्दा वढी Unit खरिद हुन्छ ।

उदाहरणको लागी XYZ कम्पनीको Open-Ended Mutual Fund Scheme अन्तरगत sanolagani बचत योजनामा T भन्ने व्यक्तिले मार्सिक 5000 को दरले पन्ध्र वर्ष सम्म SIP गर्ने विचार गर्यो भने उसले प्रतेक महिना 5000 का दरले sanolagani बचत योजनामा पन्ध्र वर्ष सम्म लगानी लगाउने गर्दछ । यसरी लगानी लगाउदा Mutual Fund को Unit NAV को आधारमा खरिद हुने भएकोले प्रतेक महिना Unit को संख्या फरक पर्न सक्दछ । जसलाइ हामी Formula द्वारा निकाल्न सकिन्छ ।

Unit = (SIP Amount - Applicable Charges)/NAV (of the day)

 

 

Comments

Leave Your Comment