sanolagani-loader

Details

  • March 6, 2023, 6:09 a.m.
  • Admin
  • 33 Comments

मुद्रास्फीति (Inflation) भनेको के हो ?

sanolagani-मुद्रास्फीति (Inflation) भनेको के हो ?

मुद्रास्फीति (Inflation) भनेको के हो ?

मुद्रास्फीति (Inflation) भनेको क्रय शक्तिको क्रमिक हानि हो । या भनौ निश्चित समयावधिमा समग्र वस्तु र सेवाहरूको औसत मूल्य वृद्धिमा क्रय शक्ति घट्ने दरलाई मुद्रास्फीति (Inflation) भनिन्छ ।  यसको अर्थ मुद्राको एकाइले प्रभावकारी रूपमा अघिल्लो अवधिको तुलनामा कम खरिद गर्नु हो ।  

उदाहरणका लागि, हिजो एक कप चियाको मुल्य दश रूपौयाँ थियो भने आज २५ रूपौयाँमा एक कप चिया पाउन ग्राह्रो छ । यसरी हिजो हजुर संग भएको दश रूपौयाँको क्रय शक्ति आज जति प्रतिशतले घटेको छ त्यो नै मुद्रास्फिति (Inflation) हो ।

मध्यम मुद्रास्फीतिको दर छ भने त्यसलाइ उपभोक्ताको क्रय शक्ति बढेको र देशको आर्थिक विकसको रूपमा लिन सकिन्छ । तर मुदास्फीति दर उच्च छ भने त्यो देशको आर्थिक समस्या हो । यसलाइ नियन्त्रण गर्न मूल्यवृद्धिको कारण बुझ्न जरुरी हुन्छ । र राज्य तथा सरकार द्वारा मूल्यवृद्धिलाइ नियन्त्रण गरि मुद्रास्फिति दर कम गर्नु जरूरी हुन्छ ।

मुद्राविस्फिर्ति (deflation) भनेको के हो ?

मुद्राविस्फिर्ति (deflation) तब हुन्छ जब अर्थव्यवस्थामा मूल्यहरूको समग्र स्तर घट्छ र मुद्राको क्रय शक्ति बढ्छ। यसलाई उत्पादकत्वमा वृद्धि र वस्तु तथा सेवाको प्रचुरता, कुल मागमा कमी वा पैसा र ऋणको आपूर्तिमा आएको ह्रासले प्रेरित गर्न सक्छ ।

सामान्यतया, मध्यम मुद्राविस्फिर्ति (deflation) ले उपभोक्ताहरूको क्रय शक्तिमा सकारात्मक रूपमा असर गर्छ, किनकि उनीहरू कम पैसामा बढी खरिद गर्न सक्षम हुन्छन् । यद्यपि, मुद्राविस्फिर्ति (deflation) कमजोर अर्थतन्त्रको संकेत हुन सक्छ, जसले आर्थिक मन्दी  निम्त्याउँछ ।

 

मुद्रास्फीतिले क्रयशक्ति घटाउँछ भने ऋणको मूल्य पनि घटाउँछ । मुद्राविस्फिर्तिको समयमा ऋण अझ महँगो हुन्छ ।  उपभोक्ताहरूले मुद्रास्फीतिको समयमा केही हदसम्म आफूलाई सुरक्षित गर्न सक्छन् । उदाहरणका लागि, लगानीमा आफ्नो पैसा छुट्याएका उपभोक्ताहरूले मुद्रास्फीतिको दरभन्दा छिटो बढेको देख्न सक्छन् । मुद्राविस्फिर्तिको समयमा शेयर, Bond,Debenture र रियल-स्टेट हरूमा लगानी लगाउनु जोखिमपूर्ण हुन्छ ।

Comments

Leave Your Comment