sanolagani-loader

Details

  • Feb. 17, 2023, 8:14 a.m.
  • Admin
  • 33 Comments

Fundamental Analysis को वारेमा सम्पुर्ण जानकारी ।

sanolagani-Fundamental Analysis को वारेमा सम्पुर्ण जानकारी  ।

शेयर खरिद गर्नु भन्दा पहिला त्यस कम्पनीको वारेमा आधारभुत ज्ञान हुन जरूरी हुन्छ । कुनै पनी कम्पनीको शेयरको मुल्यलाइ सो कम्पनीको आन्तरिक कारण वा बाह्य कारणहरूले प्रभाव पार्ने गर्दछ । हामी ले बुझ्नु पर्छ कि कुनै पनि कम्पनीको  शेयर मुल्य राता रात परिवर्तन हुदैन । यसका लागि कम्पनीको आन्तरिक कारण वा अन्य बाह्य कारणहरू जिम्मेवार हुन्छन् ।

Fundamental Analysis भनेको के हो ?

Fundamental Analysis भनेको शेयरको वास्तविक मुल्य निर्धारण गर्ने र भविष्यमा यसको मूल्यलाई प्रभाव पार्न सक्ने कारकहरूको विश्लेषण गर्ने विधि हो । Fundamental Analysis बाह्य घटनाहरू र प्रभावहरू, साथै वित्तीय विवरणहरू र उद्योग वा कम्पनीको प्रवृत्तिहरूमा आधारित छ । Fundamental Analysis बजार विश्लेषणको दुई प्रमुख विधिहरू मध्ये एक हो । Fundamental Analysis को मद्दतले कुनै पनि शेयरको मुल्य वास्तविक मुल्य भन्दा कति Overvalued वा Under Valued छ भन्ने कुराको जानकारी पाउन सकिन्छ । अथवा वास्तविक मुल्य र बजार मुल्यमा के कति भिन्नता छ भन्ने कुराको जानकारी पाउन सकिन्छ । शेयर बजारमा सस्तो शेयर भन्नाले Undervalued शेयर लाइ बुझाउछ भने महङ्गो शेयर भन्नाले Overvalued शेयरलाइ बुझाउछ । यसरी Undervalued शेयर खोज्न र Undervalued शेयरमा लगानी लगाउन र Overvalued शेयर विक्रिगरि मुनाफा कमाउन Fundamental Analysis को मद्दत लिइन्छ । साथै देश तथा विदेश को आर्थिक नितिले पार्न सक्ने प्रभाव, प्रतिशप्रधिहरूको आकलन तथा कम्पनीको Management को पाटो को विश्लेषण गरिन्छ ।

Fundamental Analysis कसरी गर्ने ?

प्रारम्भिक जाचको लागि Financial ratios हरू प्रयोग गर्नुहोस् ।
कम्पनीको वारेमा जानकारी प्राप्त गर्नुहोस् ।
कम्पनीको वित्तीय रेकर्ड राम्ररी जाँच गर्नुहोस् ।
कम्पनीका प्रतिस्पर्धी/प्रतिद्वन्द्वीहरूको पहिचान र अनुसन्धान गर्नुहोस् ।
कम्पनीको ऋण जाँच गर्नुहोस् र यसलाई प्रतिस्पर्धीहरूसँग तुलना गर्नुहोस् ।
कम्पनीको दीर्घकालीन क्षमताको जाँच गर्नुहोस् ।

 

 

Comments

Leave Your Comment