sanolagani-loader

Details

  • Feb. 15, 2023, 1:56 p.m.
  • Admin
  • 33 Comments

शेयर बजार भनेको के हो ? शेयर बजार वारे सम्पुर्ण जानकारी

sanolagani-शेयर बजार भनेको के हो ? शेयर बजार वारे सम्पुर्ण जानकारी

तपार्इले शेयरमा लगानी गर्न खोज्नु भएको छ भने शेयर बजारको बारेमा राम्रो संग बुझेको हुनु पर्छ । होइन भने तपार्इको लगानी डुब्न पनि सक्छ । आखिर के हो त शेयर बजार ?  शेयर बजार दुइ शब्द मिलेर बनेको हुन्छ शेयर अनि बजार, हामीलाई थाहा छ बजारको मतलब एउटा एस्तो ठाउँ जहाँ वस्तु तथा सेवाको खरिद बिक्री हुन्छ तेसरी नै सामान्य भाषामा शेयर बजार (Stock Market) भनेको शेयरको खरिद तथा बिक्री गर्ने ठाउँ भन्ने बुझिन्छ । नेपालको परिपेक्षेमा शेयर बजार भनेको एउटा एस्तो बजार हो जहाँ NEPSE (Nepal Stock Exchange) मा लिस्टेड कम्पनीहरूको Trade (खरिद अनि बिक्रि) गरिन्छ ।

शेयर भनेको के हो ? (What is Share ?)

हामीले सामान्य भाषामा बुझ्दा शेयर भनेको कुनै पनि कम्पनीको एउटा सानो अंश अथावा हिस्सा भन्ने बुझिन्छ । उदाहरणको लागी XYZ कम्पनी  लि. लाई विविध कारण वस १० करोडको आवश्यक पर्दछ भने यस संग दुई विकल्पहरू हुन्छन  ऋण लिन्छ वा शेयर जारि गर्दछ । शेयर जारी गर्दा यसले आवश्यक पुँजीलाई स साना अंशमा टुक्राउने गर्दछन सामान्यतया एक टुक्रा अंशको मुल्य १०० रूपौया राख्दा १० करोडलार्इ १०० ले भाग गर्दा १ लाख वटा अंश हुन जान्छ । सो एकलाख वटा अंश कम्पनीले वेच्नकोलागी जारि गर्दछ । जसले ति अंशहरू खरिद गर्दछ तिनिहरूलार्इ अंशियार भनिन्छ । यहा अंशलाई शेयर, यसको परिमाण तथा टुक्रा लाई कित्ता र अंशियार लाई शेयरधनी भनेर बुश्न सकिन्छ । हजुरले जति अंश खरिद गर्नु हुन्छ तेति अंश बराबरको हजुर मालिक बन्नुहुन्छ । यदि कम्पनी भविष्यमा नाफामा जान्छ भने हजुरले खरिद गरेको शेयरको अनुपातमा नाफा प्रप्त गर्न सक्नुहुनेछ अथवा हजुरको शेयरको Value बढ्दै जाने छ । यदि कम्पनी घाटामा जान्छ भने हजुरको शेयरको Value घट्दै जान्छ र हजुरको लगानी डुब्न पनि सक्छ ।

IPO (initial public offering) भनेको के हो ? (What is IPO ?)

यदि कम्पनीले पहिलो पटक शेयर जारि गर्दछ भने त्यसलाई IPO (initial public offering) भनिन्छ । जसको अर्थ निजि स्वामित्व वाट सार्वजनीक स्वामित्व तर्फ जादै छ भन्ने हो ।

FPO ( follow on public offering) भनेको के हो ? (What is FPO ?)

FPO (follow on public offering) भनेको Stock Exchange मा सूचीकृत कम्पनीले लगानीकर्तालाई शेयर जारी गर्नु हो । FPO भनेको प्रारम्भिक सार्वजनिक प्रस्ताव (IPO) पछि कम्पनीले गरेको थप सेयर जारी गर्नु हो ।

हकप्रद शेयर भनेको के हो ? (What is Right Share ?)

हकप्रद शेयर (Right Share) भन्नाले संस्थाले पुँजी जुटाउनको लागि विद्यमान शेयरधनीहरुलाई Equity शेयरको अनुपातमा निगमले जारी गरेको शेयर हो । सूचीकृत कम्पनीले आफ्ना हालका शेयरधनीहरूलाई नयाँ  शेयर जारी गर्ने प्रस्ताव गरेमा त्यसलाई Right Share जारी गरेको भनिन्छ। 

वोनस शेयर भनेको के हो ? (What is Bonus Share ?)

बोनस शेयर भनेको कम्पनीले आफ्ना विद्यमान शेयरधनीहरूलाई नि:शुल्क अतिरिक्त शेयर दिनु हो । कम्पनीले आफ्ना शेयरधनीहरूलाई विविध कारण लाभांश दिन नसक्ने वा कम लाभांश भुक्तानी दिन विकल्पको रूपमा थप निशुल्क शेयर वितरण गर्ने निर्णय गर्न सक्छ । भने त्यसलार्इ वोनस शेयर जारि गरेको भनिन्छ ।

हामीलार्इ थाहाँ छ सामान्यतया बजारमा वस्तु तथा सेवाको Flow (Supply) बढि छ वा बढी हुन जान्छ भने त्यो वस्तु तथा सेवाको माग कम हुन्छ जस कारण त्यसको मुल्यमा पनि गिरावट आउन्छ । यसको उल्टो यदि बजारमा वस्तु तथा सेवाको Flow (Supply) कम छ भने मुल्यमा वृद्धि हुन्छ । अथवा कुनै पनि वस्तु तथा सेवाको माग वढि भएमा मुल्य वढ्छ र माग कम भएमा मुल्य घट्ने गर्दछ । यहि कुरा शेयर बजारमा पनि लागु हुन्छ ।

शेयर बजारवाट कसरी पैसा कमाउन सकिन्छ ?

सामान्य भाषामा भन्दा शेयरको मुल्य घटेको वेलामा खरिद गर्ने र त्यसलार्इ बढेको वेलामा बेच्ने गरेर पैसा कमाउने गर्दछन । कम्पनीले दिने लाभाशं तथा वोनस शेयरको माध्यमवाट पानी पैसा कमाउन सकिन्छ ।

तर कुन शेयर खरिद गर्ने र कुन समयमा खरिद गर्ने र कुन समयमा बिक्रि गर्ने भन्ने कुराको राम्रो ज्ञान हुन आवश्यक छ । शेयरमा लगानी गर्नु अघि हजुरलाई कम्पनीको Fundamental Analysis र  Technical Analysis को वारेमा जानेको हुनु पर्दछ । कसैको लहैलहै मा लागेर वा सुकेको भरमा लगानी लगाउदा तपार्इको लगानी डुब्न पनी सक्छ ।

Comments

Leave Your Comment